
बर्दिया को राजापुरमा सञ्चालित बिरयानी तथा कफी सप बाट एक जना नसालु औषधि सहित पक्राउ परेका छन्।
राजापुर ४ बजार निवासि ३१ वर्षिय अलिम अन्सारीलाई लागु औषधि कारोबार गर्ने गरेको आरोपमा नियन्त्रमा लिएको हो। प्रहरीलाई संकालागी खानतलासी गर्ने क्रममा पसल बाट प्रतिबन्धित विभिन्न नामका नाइत्राभेट ५७० ट्याबलेट, स्पासमो प्रोक्सिभोन आर प्लस २६४ ट्याबलेट र अलप्राजोलाम नामक ट्याबलेट ४२० वटा गरी जम्मा १ हजार २५४ वटा ट्याबलेट लागू औषधि (नसालु औषधि) फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बताए।
प्रारम्भिक अनुसन्धानबाट अंसारी नसालु औषधिको कारोबारी रहेको खुल्न आएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हरिवंश पाण्डे । २०७८ भाद्र १३, आईतवार