दुर्घटनामा खुट्टा गुमाएका रमेशलाई एक लाख सहयाेग

सुर्खेत । सवारी दुर्घटनामा खुट्टा गुमाएपछि अपाङ्गता भएका एक व्यक्तिलाई एक लाख बढीकाे आर्थिक सहयाेग गरिएको छ । भैरवी गाउँपालिका-३ चगत्राका रमेश सार्कीलाई एक लाख बढीकाे सहयाेग गरिएको हाे ।

राेजगारीका लागि भारत गएका सार्की काेराेना महामारी बढ्न थालेपछि नेपाल फर्कदै गर्दा बाँकेमा सवारी दुर्घटनामा परि खुट्टा गुमाएका थिए । आर्थिक अवस्था कमजाेर भएपछि सार्कीलाई सहयाेगार्थ दैलेखका अभियानकर्मी पुष्कर उपाध्याय, हेमा खड्का, कविराज केसीलगायतले अभियान चलाएका थिए । अभियानका क्रममा संकलन भएको एक लाख १० हजार ८४५ रूपैयाँ उनकाे घरमै पुगेर भैरवी गाउँपालिका ३ का वडाध्यक्ष देवि भण्डारीको राेहवरमा रकम हस्तान्तरण गरिएकाे हेमा खड्काले जानकारी दिईन ।

‘घरकाे आर्थिक अवस्था कमजाेर भएपछि राेजगारी गर्न भारत जानुपर्ने बाध्यता थियाे, फर्किने बेला दु:खद् घटना भयाे,’ खड्काले भनिन्, ‘उहाँलाई हामीले गरेकाे सहयाेगले दैनिक खर्च चलाउन सहज हाेस् भन्ने हेतुले अभियान थालेर रकम संकलन गरेर जुटायाैं, आजै हस्तान्तरण गरेका छाैं ।’ उक्त सहयोग रकम देश तथा विदेशमा रहेका नेपालीहरूले जुटाईदिएकाे खड्का बताउछिन् । सहयाेग गरेकाे रकमले कृत्रिम खुट्टा राख्नमा सहजता हुने अपेक्षा राखेकाे उनकाे भनाई छ ।

तपाईको प्रतिक्रिया