मुगुका विद्यालयहरूमा पठनपाठन शुरू

मुगु । यहाँका तीन स्थानीय तहका विद्यालयहरूमा पठनपाठन शुरू गरिएकाे छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ्ग गाउँपालिकाले पालिकाभरका नीजि तथा सामुदायिक विद्यालयहरूमा नियमित रुपमा पठनपाठन शुरू गरेकाे हाे ।

गाउँकार्यपालिकाको भदाै १७ गते बसेको बैठकले गाउँपालिकाका सबै विद्यालयहरू खुलाउने निर्णय गरेको थियाे । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुन: सञ्चालनमा आउन थालेका छन् । यस्तै सोरु र खत्याड गाउँपालिकाकामा रहेका विद्यालय पनि पुन: सञ्चालन गर्न लागिएकाे हाे ।

गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या शून्य रहेको र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई विद्यालय पुन: सञ्चालनमा ल्याइएको मुगुमकार्मारोङ्ग गाउFपालिकाका प्रमुख प्रशासकिय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिए । विद्यालय खुलेपछि सावधानी पुर्वक, विद्यार्थीलाई पठनपाठन गराउने व्यवस्था गरिएकाे उनकाे भनाइ छ ।

उनकाअनुसार विद्यालयमा अनिवार्य मास्क , सेनिटाईजरकाे व्यवस्था गरिएकाे बुद्ध माद्यामिक विद्यालय मांग्रीका प्रधानाध्यापक टिकाप्रसाद उपाध्यायले जानकारी दिए । कोरोना जोखिम कम भएपछि भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेकाे उनले जनाए । लामो समयदेखि विद्यालय बन्द भएकोले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पुनः पठनपाठन गरिएको गाउँपालिकाले जनाएको छ । संघीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमण दरको अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्न सक्ने अधिकार दिएपछि साेहीअनुसार विद्यालय खुलाइएकाे पालिकाहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया