अफगानिस्तानमा महिलाहरूकाे प्रदर्शनमा तालिबानकाे हमला

अफगानिस्तानमा महिलाहरूले गरेकाे विरोध प्रदर्शनमा तालिबानले हमला गरेकाे छ । प्रदर्शन गरिरहेका महिलाको यो समूहले तालिबानले आफूहरुमाथि अश्रु ग्यास प्रहार गरेको र कालो मरिचको स्प्रेले हमला गरेको जानकारी दिएको छ । यो समूह राष्ट्रपति भवनसम्म जाने कोसिस गरिरहेका बेला तालिबानले उक्त हमला गरेको हो ।यद्यपि, तालिबानले भने यो प्रदर्शन अनियन्त्रित भएका कारण यस्तो गर्नुपरेको स्पष्ट पारेकाे छ ।

अफगानिस्तानमा तालिबानको शासनपछि महिलाको भावी स्थितिबारे चिन्ता जताइँदैछ । काबुलमा महिलाको एक प्रदर्शनमा तालिबानले हमला गरेर त्यसलाई रद्द पारिदिएको छ । यो समूह अफगानिस्तानमा महिलाको शिक्षा र रोजगारको अधिकारका लागि प्रदर्शन गरिरहेको थियो ।

तालिबानले अबको केही दिनमा आफ्नो प्रशासनको रुपरेखा घोषणा गर्ने जानकारी दिइसकेको छ । तालिबानले महिला आफ्नो सरकारमा समावेश हुन त सक्ने तर मन्त्री पदमा हुन नसक्ने बताएको छ ।

तपाईको प्रतिक्रिया