
बर्दिया। मधुवन नगरपालिका सानोश्रीबाट अवैध रुपमा केराउ तस्कर गर्दै गएका एक व्यक्तिलाई ट्याकटर सहित प्रहरीले नियन्त्रमा लिएको छ।
बर्दिया जिल्ला मधुवन नगरपालिका वार्ड नबर ५ बढगाँउ बाट मधुवन ७ बस्ने वर्ष २० का राम कुमार चौधरीले चलाएको भे १ त ९६५५ नम्बरको ट्याकटरमा लोड गरी चोरी निकासी गरी भारत तर्फ लैजाँदै गरेको करिब २ लाख ७६ हजार ५०० बराबरको ३९ क्विन्टल ३० किलोग्राम र सोहि स्थानमा सोही उद्देश्यका लागि जम्मा गरी राखिएको करिब १ लाख ५४ हजार बराबरको २२ क्विन्टल गरी जम्मा ४ लाख ३० हजार ५०० बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक गोपाल पौडेल र ईलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको संयुक्त प्रहरीको टोलीले केराउ तस्करीलाई ट्याक्टर सहित नियन्त्रमा लिएको थियाे ।
नियन्त्रमा लिएको मालसामान सहित ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय बर्दिया पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

हरिवंश पाण्डे । २०७८ भाद्र २३, बुधबार