सरकारले घटाएर ल्यायाे १६ अर्बकाे बजेट, मृगाैला पीडितलाइ पाँच हजार भत्ता

काठमाडौं- सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजारका दरले भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले क्यान्सरको उपचार गराइरहेका बिरामीलाई यस्तो भत्ता दिने घोषणा गरेका छन् । विभिन्न राजनीतिक तथा परिवर्तनका आन्दोलनमा वलिदान गर्ने परिवार (शहीद) लाई जीवनवृत्तिस्वरूप मासिक ३ हजार प्रदान गरिने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रतिस्थापन विधेयक मार्फत सरकारले ओली सरकारले ल्याएको बजेटको आकार घटाएको हाे । नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया