सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरीय प्रादेशिक रंगशाला निर्माण हुने पक्का भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गर्दै रंगशाला तत्काल निर्माण गरिने भएको हो । रंगशाला निर्माणका लागि गृहकार्य अगाडि बढाएको छ । कर्णाली प्रदेश खेलकुद परिषद्ले आगामी तिहार लगत्तै आयोजना सुरु गर्नेगरी तयारी थालिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सन्ज्यालले जनाए ‘रंगशाला निर्माणका लागि डेन्टर प्रक्रिया सकिएको छ विदेशसहित ६ वटा कम्पनीहरु रंगशाला निर्माण गर्न इच्छुक छन्’ उनले भने, ‘अब एक महिनाभित्र निर्माण कम्पनी छनौट टुङगाएर तिहार लगत्तै काम पनि सुरु हुन्छ ।’ आयोजना सञ्चालनका लागि ठेक्का प्रक्रिया अगाडि बढीसकेका कारण आयोजना सञ्चालन हुने पक्का भएको उनको तर्क छ ।
‘तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउनका लागि टेन्डर गर्यो, तर कोरोना महामारीका कारण निर्माण कम्पनी पाइदैन कि भन्ने चिन्ता थियो’ उनले भने, विदेशसहित ६ वटा कम्पनीले निर्माणका लागि दरखास्त दिएपछि आयोजना बन्ने पक्का भयो ।’ बोलपत्र आह्वान भएर प्रस्ताव पेश हुनु भनेको ५० प्रतिशत काम सकिए सरह मान्नु पर्ने उनको दाबी छ । रंगशाला निर्माणका लागि तोकिएको समयभित्र विदेशी र स्वदेशी कम्पनीहरुले संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्ने कम्पनीहरुमा एमएसी/जीएसएल जेभी, रविन/एसके जेभी, कालीका-पकार जीआइटीसी/वीडीटीएनएस भेजी र डेनफी हेनन् जेभीले प्रस्ताव पेश गरेका छन् ।
जेभी,जेभी केसीडीसी/जीसीजीसीवीडी रंगशाला निर्माणका लागि परिषद्ले गत असार ३१ गते ग्लोवल डेन्टर आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका कम्पनीहरुको परिषद्ले एक महिनाभित्र प्राविधिक मूल्याङ्कन टुङ् गाउने छ । प्राविधिक मूल्याङ्कनमा पास भएका कम्पनीसँग परिषद्ले आर्थिक प्रस्ताव माग्नेछ । त्यसपछि मात्रै रंगशाला निर्माण कसले पाउँछ भन्ने टुङ्गो लाग्नेछ ।
तिहार लगैत्तकाम सुरु गर्नेगरी रंगशाला निर्माण गर्न इक कम्पनीहरुको प्राविधिक मूल्याङ्कन र ठेक्का प्रक्रिया टुङ्गाउने परिषद्ले जनाएको छ । दुई अर्ब रुपैयाँ बराबरको लागतमा तीन बर्षभित्र रंगशाला निर्माण गरिसक्ने परिषद्को लक्ष्य छ । तीन वर्षभित्र आयोजना सम्पन्न गर्न वार्षिक करोड बजेट ७० विनियोजना गर्नुपर्दछ । तर सरकारले आगामी आर्थिक वर्षका लागि ३५ करोड बजेट मात्रै प्रस्ताव गरेको छ । प्रदेश गौरवको आयोजनाको रुपमा अगाडि सारिएको यो आयोजना काम सुरु नहुँदा तीन बर्षदेखि अन्यौलमा थियो ।
२०७५ सालमा संध्य सरकारले घाणा गरेको आयोजनालाई असार १६ गते प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रुपमा प्रषणा गरेको हो । तोकिएको समयमा आयोजना सुरु हुन नसक्दा खेलकुदको पूर्वाधार निर्माणका लागि संघर कर्णाली प्रदेश सरकारले छुट्याएको २२ करोड बजेट फ्रिज भएको थियो ।
यस्तो छ रंगशालाको स्वरुप
वीरेन्द्रनगरको कुइनेपानी नजिक रहेको नौ विगाह क्षेत्रफलमा प्रादेशिक रंगशाला निर्माण गरिने छ । अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्रिय स्तरका प्रतियोगिता गर्न मिल्नेगरी रंगशाला निर्माण गरिनेछ । रंगशालामा स्टेडियम, फुटवल मैदान र एथलेक्टिस टूर्याक, स्वीमिङ पुल, १५ सय दर्शक अट्ने कबर्डहल, ह्याण्ड बल, बास्केट बल लगायतका आउटडोरका प्रतियोगिताहरु गर्न सकिने छ । रंगशालाभित्र १० हजार दर्शक अट्ने छन् । यो बहुउद्देश्यीय हुनेछ ।
रंगशालाको पूर्व र दक्षिणतर्फ व्यावसायिक प्रयोजनका लागि एकसय २० वटा सटरहरु राखिने छ । रंगशाला निर्माण भएपछि कर्णालीमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरु आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ । खेलकुद् पूर्वाधार अभावकै कारण हालसम्म कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । रंगशाला निर्माण भए कर्णालीमा खेलकुदको विकासमा कोशेढुङ्गा सावित हुनेछ ।
युगआव्हान दैनिकमा समाचार छ ।
पत्रपत्रिका । २०७८ भाद्र २६, शनिबार