म्यानमारमा सैन्य सरकारको विरोधमा उत्रिएको जनप्रतिरोध समूहका २० जना मारिएका छन्।
गत फेब्रुअरी १ मा सेनाले कु गरेर सरकार हत्याएपछि त्यसको विरोधमा त्यहाँका राजनीतिक दलहरुले केही दिनअघि मात्रै राष्ट्रिय एकताको सरकार गठन गर्दै जनप्रतिरोध युद्ध घोषणा गरेका थिए
। यो समूहले म्यानमारमा सैनिक सरकारविरुद्ध दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको थियो। त्यसलगत्तै शुक्रबार देशका विभिन्न ठाउँमा भएका प्रदर्शनमा २० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्।
म्यानमा यसअघि ८ महिनादेखि जारी सैन्य सरकारविरुद्धका प्रदर्शनमा १ हजार ५८ जनाको मृत्यु भइसकेको छ। सैन्य सरकारले हालसम्म ६ हजार ३०० भन्दा बढीलाई गिरफ्तार गरेको छ। सबैभन्दा धेरै यांगुन र सगाइङमा प्रदर्शनकारीहरु मारिएका छन्।
एजेन्सी । २०७८ भाद्र २६, शनिबार