पेरूका कम्युनिष्ट नेता गोन्जालोको जेलमै मृत्यु

पेरू क्रान्ति तथा माओवादी आन्दोलन ुसाइनिङ पाथुका नेता अबिमाइल गुज्मान गोन्जालोको ८६ वर्षको उमेरमा निधन भएको छ।

लामो समयदेखि बिरामी रहेका उनको पेरुको कायालो क्षेत्रको सैन्य जेलमा स्थानीय समयअनुसार शनिबार बिहान मृत्यु भएको हो। उनी छालाको क्यान्सरबाट पीडित रहेका थिए।

पेरु माओवादी आन्दोलन साइनिङ पाथु का नेता गोन्जालो सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए। आतंक फैलाएका आरोपमा सरकारले उनलाई आजीवन जेल सजाय दिएको थियो।

गोन्जालो दर्शनशास्त्रका प्राध्यापक समेत हुन्। उनको नेतृत्वमा भएको सशस्त्र आन्दोलनमा ७० हजारको ज्यान गएको थियो।

तपाईको प्रतिक्रिया