मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरू चिन्तित छन्। यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् ।
उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन्।
यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन्।
त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा हुन्छ भन्ने जनविश्वास रहिआएको छ। यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो ।
बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो। पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे। अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन्।
मनसुन सुरु भएदेखि नै यहाँ बादल लाग्ने क्रम जारी छ। तर, पानी मज्जाले परेको छैन । त्यही कारण भटमास खेतीमा क्षति पुग्नसक्ने कृषकहरूको चिन्ता छ। पछिल्ला १५ दिनदेखि राम्रोसँग पानी परेको छैन।
एजेन्सी । २०७८ भाद्र २७, आईतवार