नयाँ बजेटपछि सेयर बजारमा हरियाली, जलविद्युतका लगानीकर्तालाई मालामाल

काठमाडौं । सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएपछि सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ। सातको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१।४३ अंकले बढेर २ हजार ९ सय ४७ अंकमा पुगेको छ।

आइतबार सुरुवातबाटै उकालो लागेको बजारमा २ सय ३१ कम्पनीको सेयर ९ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ। बजार बृद्धिसँगै १० कम्पनीको सेयर मूल्यमा बढेर सर्किट लागेको छ।

१० कम्पनीमध्ये सात वटा जलविद्युत कम्पनी छन्। बाँकी तीनवटा सानिमा लाइफ, फर्स्ट माइक्रोफाइनान्स र राष्ट्रिय बीमा कम्पनी रहेका छन्। आइतबार सामूहिक लगानी कोष समूहबाहेक सबै समूहको सेयर मूल्य बढेको छ।

निर्जीवन बीमा कम्पनी ४ सय २४ अंकले बढेको छ भने उत्पादनमूलकको करिव ३ सय अंकले बढेको छ। बाणिज्य बैंक समूह पनि २४ अंकले बढेको छ। जलविद्युत समूह २ सय १३ अंकले बढेको छ।

आज अरुण भ्यालीको सर्वाधिक ७३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। यसपछि युनाइटेड मोदी हाइड्रोको ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया