सिटीको शानदार जित, पिएसजी बराबरीमा रोकियो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले उत्कृष्ट सुरुवात गरेको छ। समूह चरणको पहिलो खेलमा सिटीले जर्मन क्लब आरबी लाइपजिकलाई ६(३ गोल अन्तरले हरायो।

घरेलु मैदान भएको खेलमा सिटीको जितमा नाथन एकी, रहिम महरेज र ज्याक ग्रेलिसले एक एक गोल गरे। लाइपजिकका लागि क्रिस्टोफरले ह्याट्रिक गरेपनि टिमलाई हारबाट बचाउन सकेनन्।

खेलको १६ औं मिनेटमा नाथनले गोल गर्दै सिटीलाई अग्रता दिलाए। २८ औं मिनेटमा लाइपजिकका मुकीलीले आत्मघाती गोल गरेपछि सिटीले खेलमा दुई शुन्यको अग्रता बनाए। ४२ औं मिनेटमा क्रिस्टिफोरले गोल गर्दै सिटीसँगको अन्तर दुई एकमा पुर्याए। तर ४५ औं मिनेटमा महरेजले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा सिटीलाई तीन एकले अगाडी राखे।

दोस्रो हाफमा पनि सिटीले आफ्नो आक्रमणलाई जारी राखेको थियो । खेलको ५१ औं मिनेटमा क्रिस्टोफरले गोल गर्दै लाइपजिकले खेल तीन दुईमा पुर्यायो। ५६ औं मिनेटमा सिटीले खेलमा चौथो गोल गर्यो। उसका लागि ग्रेलिसले गोल गरे। तर ७३ औं मिनेटमा क्रिस्टोफरले क्रिस्टिफोरले गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने खेल चार तीनमा पुर्याए।

७५ औं मिनेटमा जोओ कान्सेलोले सिटीलाई पाँच तीनको अग्रता बनाए। खेलको ८५ औं मिनेटमा गाब्रियल जिससले गोल गर्दै खेल ६ तीनको अवस्थामा पुर्याए। यो जितसँगै समुह ए मा रहेको सिटीले तीन अंक बनाएको छ। लिगको गएराति नै भएको खेलमा लिभरपुलले एसी मिलानलाई तीन दुई गोल अन्तरले हरायो भने रियलले इन्टर मिलानलाई एक शून्यको झिनो अन्तरले पराजित गर्यो । यस्तै पेरिस सेन्ट जर्मेन क्लव ब्रुगसँग एक एक गोलको बराबरीमा रोकियो।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा उसको जितमा मोहम्मद सलाह र हेन्डरसनले एक एक गोल गरे भने एक गोल उपहार पायो यता एसी मिलानका लागि रेबीक र ब्रहिम डियाजले एक एक गोल गरे। अर्को खेलमा स्टार खेलाडीले भरिएको पीएसजी क्लव ब्रुगसँग एक एक गोलको बराबरीमा रोकियो।

खेलको १५ औं मिनेटमा एन्डेल हरेराले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यस्तै जर्मन क्लब बोरुसिया डर्टमन्डले टर्किस क्लब बेसिकटासमाथि २–१ को जित निकाल्यो।​ ​ डर्टमन्डको जितमा जुड बेलिंघम र अर्लिङ हालान्डले गोल गरे। बेसिकटासका लागि फ्रान्सिस्को मोन्टेरोले गोल गरेका थिए। डर्टमन्डले दुवै गोल पहिलो हाफमा गरेको थियो भने बेसिकटासले दोस्रो हाफमा गरेको थियो।

यस्तै अर्को खेलमा सेरिफले सख्तर डोनेस्कलाई २–०ले हरायो। सेरिफका लागि एडमा ट्राओरेले १६औं र मोमो यान्सनले ६२औं मिनेटमा गोल गरेका थिए। यस्तै अजाक्सले स्पोर्टिङ लिस्बनलाई ५-१ले हरायो।

तपाईको प्रतिक्रिया