पर्यटकका लागि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया। देशमा फैलिएको दोस्रो लहरको कोभिडबाट भएको देश व्यापी बन्दाबन्दिको कारण पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज आज असोज १ गते देखि नियमानुसार पर्यटकीय गतिविधि सञ्चालनको लागि निकुञ्ज खुल्ला गरिएको छ।

निकुञ्जले एक सूचना जारी गर्दै निकुञ्ज खुला गरिएको जानकारी गराएको छ। निकुञ्जले हात्ती सफारी बाहेकका लागि नियमानुसार अनुमति लिई प्रवेश गर्ने चाहने पर्यटकलाई निश्चित सर्तहरू परिधि भित्र रहेर निकुञ्ज प्रवेश खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठले हाललाई जंगल वाक, राफ्टिङ, क्याम्पिङ्ग, फिशिङ्ग डुङ्गा बिहार लगाएतका गतिविधिका लागि निकुञ्जले तोकेको स्थानमा मात्र अनुमति प्रदान गरेको बताउनु भयो ।

पर्यटकले निकुञ्ज अवलोकनका लागि जादा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । जंगल वाकका लागि १ जना पथ प्रदर्शकले तीन जना पर्यटक र २ जना पथ प्रदर्शकले १० जना पर्यटकलाई पथ प्रदर्शन गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया