तालिबानको संस्थापकमध्येका एक नेताले यसअघिको तालिबानको शासनकालकै नियम पुनः फर्किन सक्ने बताएका छन् । तालिबानको प्रमुख कानुन कार्यान्वयनकर्तासमेत रहेका मुल्लाह नूरुद्दिन टुराबीले अफगानिस्तानमा फाँसी तथा अंगभङ्गजस्ता कानुन कायम रहन सक्ने बताएका हुन् ।
यद्यपि सार्वजनिकस्थानमा भने यस्तो सजाय नदिइनसक्ने उनको भनाइ छ । एसोसिएट्स प्रेस (एपी)सँगको अन्तर्वार्ताको क्रममा उनले अफगानिस्तानको नयाँ शासनमा कुनै किसिमको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि चेतावनी दिएका छन् ।
‘सबैले हामीले स्टेडियममा सजाय दिने गरेको भन्दै हाम्रो आलोचना गर्दै आएका छन् तर हामीले कहिले पनि उनीहरुको नियम र सजायको विषयमा केही भनेका छैनौं’, उनले भने, ‘कसैलाई पनि हाम्रो कानुन कस्तो हुनुपर्छ भन्ने अधिकार छैन । हामी इस्लामलाई पछ्याउँछौं र कुरानअनुसार नै हाम्रो कानुन बनाउँछौं ।’
एजेन्सी । २०७८ आश्विन ८, शुक्रबार