देव आनन्दलाई कालो कोटमा देख्दा आत्महत्या गर्दथे महिला

लगाइयो कोट लगाउनै प्रतिबन्ध !

काठमाडौं । देव आनन्द बलिउडका सदाबहार नायकमध्ये एक हुन् । उनले आफ्नो समयमा सर्वश्रेष्ठ नायकको उपाधि पाएका थिए । उनको लुक्स र उनको भिन्न शैलीमा मानिस फिदा हुन्थे । विशेषगरी महिलामा उनका लागि पागलपन विशेष थियो ।

उनको एक झलक पाउनका लागि महिला व्यग्रताका साथ प्रतीक्षा गर्दथे । विशेषगरी जब देव आनन्द सेतो सर्टमा कालो कोट लगाएर बाहिर निस्कँदा उनलाई हेर्न मानिस लाइन लागेर बस्थे । देव आनन्दको कालो कोट निकै चर्चित भएको थियो । उनको कालो कोटको क्रेज यस्तो बढिसकेको थियो कि अदालतले देव आनन्दलाई कालो कोट लगाउन नै बन्देज गरिदियो ।

आखिर देव आनन्दको कालो कोटमा त्यस्तो के विशेषता थियो जसका कारण उनलाई प्रतिबन्ध नै लगाउनुपर्यो ? देव आनन्दको जन्मदिन (२६ सेप्टेम्बर १९२३) मा उनीबारे यो रोचक किस्सा । देव आनन्दलाई बलिउडका फेसन आइकन पनि मानिन्छ । आफ्नो जमानामा उनी आफ्नो फेसनका कारण धेरैजसो चर्चामा छाइरहन्थे । सन् १९५८ मा उनको फिल्म ‘काला पानी’ रिलिज भएको थियो ।

फिल्ममा उनको लुक असाध्यै रुचाइएको थियो । उनले फिल्ममा सेतो सर्ट र कालो कोट लगाएका थिए । त्यसपछि देव आनन्दको सेतो सर्ट र कालो कोटको पागलपन यति हदसम्म बढेको थियो कि मानिसले उनलाई कपी गरिहाले । महिला उनको यो लुकमा फिदा थिए ।

तपाईको प्रतिक्रिया