पर्यटन विकासका लागि ठाकुरबाबामा १ महिने भाषा तालीम

बर्दिया। जिल्लाकाे  ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्या पर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजनामा बर्दियाको ठाकुरद्वारामा एक महिने अङ्ग्रेजी भाषा तालिमको शुभारम्भ भएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरि रहेका पर्यटन व्यवसायमा संलग्न रहेका प्रकृति पथ प्रदर्शक हरुको क्षमता विकास तथा यस पेशामा रुचि जनाउने करिब २७ जना युवाका लागि तालिमको आयोजना गरिएको पर्या पर्यटन विकास मञ्चका सदस्य रामजन चौधरीले जानकारी दिए।

कार्यक्रमा बोल्दै नगर प्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिका प्राकृतिक स्रोत साधनमा धनी रहेको, यस क्षेत्र पर्यटन विकासको प्रचुर सम्भावना रहेको हुँदा आगन्तुक पाहुनालाई यसको बारेमा विस्तृतमा जानकारी गराई प्रर्याप्त आर्थिक लाभ लिन सकिने र त्यसको लागि भाषामा दक्षता हुनुपर्ने भएको हुँदा भाषा दक्षमा थप टेवा पुगोस् भन्ने उद्देश्यले यो भाषा तालिम सञ्चालार्न्थ नगरपालिकाले सहयोग गरेको बताए ।

नगर उप-प्रमुख कृष्ण कुश्मा थारुले नगरपालिकाले संरक्षण जस्ता कार्यमा विशेष जोड दिँदै पर्यटन विकासमा सदैव सहयोग रहने बताइन् ।  एउटा पथ प्रदर्शनले राम्रो सग पर्यटकलाई प्रकृतिका बारेमा बुझाउन सके त्यसबाट गाइड लगाएत समग्र सम्पूर्णलाई आर्थिक लाभ हुनुका साथै क्षेत्र पहिचानमा महत्वपूर्ण टेवा पुग्ने नगर प्रमुख श्रेष्ठले बताए । एक महीने तालिम पश्चात सम्पूर्ण सहभागी अंग्रजी भाषामा दक्ष हुने आफूले विश्वास लिएको बताए ।

 

पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिमा ठाकुरबाबा नगरपालिका नगर प्रमुख घन नारायण श्रेष्ठ, विशिष्ट अतिथिमा नगर उप प्रमुख कृष्ण कुश्मा थारु र अथिती हरुमा बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापा, ठाकुरबाबा नगरपालिका-९ का वडा अध्यक्ष राधा चौधरी लगाएत स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरु हरुको उपस्थिति रहेको थियो।

तालिमको उदेश्य आचारसंहिता लगाएतका विषयमा आयोजक पर्या पर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताउँदै कार्यक्रम सफताका शुभ कामना व्यक्त गर्नु भएको थियो। एक महिले अंग्रेजी भाषा तालिमको सहजीकरण प्रशिक्षक सानुकान्छा तामाङले गर्नेछन्  ।

तपाईको प्रतिक्रिया