
बर्दिया। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ठाकुरद्वारामा जेष्ठ नागरिक दिवसको अवसरमा स्थानीय जेष्ठ नागरिकहरुलाई सम्मानका साथै जेष्ठ नागरिक चौतारी भवनमा आवश्यक सामाग्री हस्तन्तरण गरिएको छ।
हिजाे ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ ठाकुरद्वाराको आर्थिक सहयोग एंव जेष्ठ नागरिक मञ्ज ठाकुरद्वाराको आयोजनामा जेष्ठ नागरिक सम्मान तथा सामाग्रि हस्तान्तण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमा बोल्दै प्रमुख अतिथि तथा ९ नम्बर वडा अध्यक्ष राधा चौधरीले जेष्ठ नागरिक हाम्रा पुर्खा भएको र हामि सधै जेष्ठ नागरिकले देखाएको बाटोमा हिड्ने बताउनु भयो।
तपाईहरुको सहयोग ले नै यस स्थानमा पुगेकोले सधै जेष्ठ नागरिक प्रति सम्मान रहेको बताउनु भयो। साथै अघिल्लो वर्ष जेष्ठ नागरिक लाई बिनियोजित बजेट यस क्षेत्रको समग्र शैक्षिक विकासका निम्ति विद्यालयलाई दिने जेष्ठ नागरिक संजालको निर्णयको प्रसंसा गर्नु भएको थियो। ठकुरबाबा नगरपालिका वार्ड नं. ९ को विनियोजित बजेट बाट छुटाएको रकमले जेष्ठ नागरिकका लागि निर्माण भएको भवनमा कार्पेट कुसन लगाएतका सामाग्री वार्डले सहयोग गरेको वार्ड सचिव जीवन कडेलले जानकारी दिए।
जेष्ठ नागरिकहरुले दैनिक रुपमा उक्त भवनमा उपस्थित भई भजन कीर्तन गर्ने, दुःख सुखका कुरा साटासाट गर्ने कार्य गर्दै आइरहेका छन्। दैनक रूपमा भेला हुने जेष्ठ नागरिकलाई खाजा नास्ताको व्यवस्था गर्न आर्थिक संकल गर्ने कार्यको शुभारम्भ समेत गरिएको छ। आज मात्र विभिन्न व्यक्तित्वहरुले ४ हजार बढी नगद आर्थिक सहयोग गरेका थिए। उक्त रकम बाट जेष्ठ नागरिकलाई खाजा नास्ताको व्यवस्था गर्न सहज हुने नगद सहयोग कर्ता बिना भट्टराईले बताइन्। जेष्ठ नागरिक मञ्चका अध्यक्ष जय बहादुर बमको प्रमुख अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा ९ नम्बर अध्यक्ष राधा चौधरी हुनुहुन्थ्यो। स्थानीय स्तरका संघ संस्था तथा निकाएका प्रमुख तथा प्रतिनिधिहरु र जेष्ठ नागरिकको उपस्थिति रहेको थियो

हरिवंश पाण्डे । २०७८ आश्विन १६, शनिबार