गैर नेपाली संघको सह-काेषाध्यक्षमा भट्टराइकाे उम्मेदवारी घाेषणा

काठमाडाैं । उदयमान महिला नेतृ यति बेला गैर नेपाली संघको आसन्न निर्बाचनमा केन्द्रिय सह-कोषाध्यक्ष पदमा यमुना भटराईले उमेद्वारी घोषणा गरेकी छन् । नेपालीहरुको संघ सस्था बलियो भए उनीहरूको आवाज स्वत: बलियो हुने र कुनै ब्यक्तिभन्दा संस्थाको बिचार र नीति प्रदान महत्वपूर्ण हुने भन्दै भट्टराइले उम्मेदवारी घाेषणा गरेकी हुन् ।

प्रस्ट विचार, सामुहिक नेतृत्वको भाबना र सक्रिय रुपमा आम नेपाली अमेरिकन समक्ष सामाजिक जीवनको यात्रामा गोलबन्ध रहदै अब अमेरिका मात्र नभएर विश्व भर छरिएर रहेका नेपालीलाइ गैर आबसिय नेपाली संघमार्फत एकताको सुत्रमा ल्याउनु जरूरी रहेकाेले उम्मेद्वारी घाेषणा गरेकाे भट्टराइले बताएकी छन् । प्रगति र समृद्धिको ढोका खोल्न सबै नेपाली अमेरिकीहरुलाई हौसला र प्रेरणा प्रदान गर्दै आएकी तिनै उदाहरणीय ब्यक्तिको नाम पनि हाे यमुना भटराई ।

विगत लामो समयदेखि अमेरिकाको टेक्सस राज्यमा बसोबास गर्दै आएकी भट्टराई विभिन्न व्यवसायिक र नेपाली नेपाली र अमेरिकी समाजका बिचमा समेत स्थापित छन् । अमेरिका मात्र नभएर खाडी मुलुक लगायत विश्वभरी छरिएर विदेशिन बाध्य तीस लाखभन्दा बढी नेपाली श्रमिक, विद्याथीलाई जन्मभूमि नेपालसंग जोड्नु र उनीहरुको हक अधिकारलाई स्थापित गर्नु प्रमुख दायित्व हुने उनकाे भनाइ छ ।

गैर आबसिय नेपाली संघको प्रमुख कर्तब्य रुपमा आगामी दिनमा काम गर्नु पर्ने दायित्व र चुनौती रहेकाले अमेरिका आगमन भएसंगै यहाँको स्थानीय तथा केन्द्रीय तहका सामाजिक संघ संस्थाहरूमा आबदृ रहेर थप क्रियासिल बनाउनमा लाग्ने भट्टराएकाे भनाइ छ ।

भट्टराइ गैर आवासीय संघ अन्तरास्ट्रिय समन्वय परिषदको आइसिसीको सदस्यमा  कार्यरत छन् । उनले संघकाे सह-काेषाध्यक्षमा विजयी भए जन्मभुमी बाहिर रहेका नेपाली महिला दिदिबहिनीले भोग्नु समस्या र त्यसको समाधानका लागि आफ्नो आवाज उठाउने कार्यलाइ सशक्त पार्ने उनले बताइन् ।  भट्टराई पच्चीस वर्षदेखी निरन्तर रुपमा सामाजिक कार्यमा कार्यरत छन् ।

तपाईको प्रतिक्रिया