कर्णाली नदीमा डुंगा दुर्घटना, एक वेपत्ता

सुर्खेत । पश्चिम सुर्खेतका घाटगाउँमा डुंगा दुर्घटना भएको छ । चौकुने गाउँपालिका–१० घाटगाउँस्थित कुमालामा आज विहान कर्णाली नदीमा डुंगा दुर्घटनाहुँदा एक जना वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा घाटगाउँकै १८ वर्षीय अनिता विक रहेकाे वडाध्यक्ष शंकर कामीले जानकारी दिए । । डुंगा दुर्घटना भएको स्थानमा प्रहरी चौकी घाटगाउँबाट असई मनोज शाहीको नेतृत्वमा टोली गएको चौकुने गाउँपालिका १० नम्बर वडाध्यक्षले नेपालीरैबारलाइ बताए ।

डुंगा दुर्घटना भएकाे पश्चिम सुर्खेतकाे घाटगाउँस्थित कर्णाली नदी ।

‘प्रहरी घटनास्थलमा पुग्दैछ, त्यसपछि मात्रै घटनाको विस्तृत जानकारी आउँला,’ वडाध्यक्षले भने, ‘डुंगामा सवार अन्य भने पौडी खेलेर बाचेको खवर पाएका छौं ।’ डुंगामा ६ जना सवार थिए ।  वडाध्यक्षकाअनुसार दशैँमा घर पोत्ने कमेराे (सेताे) माटो लिन कैलालीकाे केवरीतर्फ जाँदै गर्दा डुंगा दुर्घटना भएको हाे ।

तपाईको प्रतिक्रिया