घट्टको पाइप काटिदिएपछि सल्यानमा हातखुट्टा बाँधेर कुटपिट

सुर्खेत । सल्यानमा पाइप काटिदिएपछि युवाविच हानाहान भएको छ । दार्मा गाउँपालिका–५ बाँधनेमा जीवनबहादुर खड्का, निमबहादुर खड्का र जितबहादुर खड्काले सञ्चालन गरेकाे घट्टको पाइप काटिदिएपछि एक युवाले मरणासन्न हुनेगरी कुटाइ खाएका छन् ।

तीन जनाले संयुक्त रुपमा चलाएको घट्टको पाइप सोही ठाउँका जीवनबहादुर खड्काले काटेपछि मार्छु भन्दै उनीहरुको घर गएका थिए । जीवनबहादुरलाइ दुइ जनाले हात खुट्टा बाँधेर कुटपिट गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयकाअनुसार घटना लगत्तै प्रहरीको टोलीले जीवनलाई उद्दार गरेर उपचारका लागि रुकुमपश्चिमको झुल्नेटा पठाइएको हो ।

झुल्नेटामा सामान्य उपचारपछि जीवनलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको छ । अन्य चोटपटक केही नभएका घाईते जीवन राम्रोसंग हिड्न नसक्ने रहेकाे प्रहरीले जनाएकाे छ । डोरी बाँधेर कुट्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया