प्रधानमन्त्री देउवाद्वारा पीडित कृषकलाई उचित राहतको प्याकेज ल्याउने प्रतिबद्धता

बर्दिया । बर्दियाको राजापुर पुगेर प्रधानमन्त्री शेर बहादुर देउवाले अविरल वर्षाका कारण बर्दियाको गेरुवा राजापुर लगाएतका क्षेत्रमा कृषकद्वारा लगाएको हजारौं हेक्टर धानबाली लगाएतका कृषिजन्य क्षेत्रमा पुर्याएको क्षतिको बारे जानकारी लिँदै कृषकलाई उचित राहतको प्याकेज ल्याउने प्रतिबध्दता गरेका छन ।                               
बाढीले पुर्याएको क्षति स्थलगत अवलोकनका लागि प्रधानमन्त्री देउवा, अर्थ मन्त्री जनार्दन शर्मा सहितको उच्च स्तरीय टोली आज बर्दिया आएको हो।
स्थलगत अवलोकन पछि प्रधानमन्त्री देउवाले बेमौसमी वर्षातका कारण कृषि, पशु चौपाया लगाएतमा पुगेको क्षतिका कारण नागरिकको पीडामा रहेको र सो पीडामा मलम लगाउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्दता व्यक्त गरेका छन । अवोलोकनमा आएका अर्थमन्त्री जनार्दन शर्माले अहिले आएको बाढीले देशैभरि मानवीय, कृषि, पशु चौपाया, भवन र अन्नबाली लगायत थुप्रै क्षेत्रमा क्षति पुर्याएको भन्दै अहिलेको परिस्थितिलाई कसरी पूर्ववत स्थितिमा फर्काउन सकिन्छ भन्ने योजनाका लागि प्रधानमन्त्री सहितको टोली निरीक्षणमा आएको बताए ।
बेमौसमी वर्षातका कारण बर्दियामा मात्र प्रारम्भिक लेखाजोखा अनुसार करिब ३०० परिवार बिस्थापित भएका छन् भने करिब १० हजार ८ सय मेट्रिकटन धान बाढी बगाएको अनुमान रहेको छ।

तपाईको प्रतिक्रिया