
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय ठाकुरद्वारा अन्तर्गत लालमाटीमा रहेको कर्णाली पुल निर्माणको क्रममा बस्नका लागि निर्माण गरिएको भौतिक संरचनाको पुनःनिर्माण एंव व्यवस्थापन गरी संरक्षण सम्बन्धी अध्ययन अनुसन्धान र प्रशिक्षणका लागि सदुपयोग गर्ने गरी तयार पारिएको संरक्षित क्षेत्र व्वस्थापन, अनुसन्धान तथा प्रशिक्षण केन्द्रको एक कार्यक्रमका बीच नेपाल सरकारको संघीय बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले उदघाटन गरेका छन्।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. रामचन्द्र कंडेलको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो। प्रमुख अतिथिमा संघीय सरकारका बन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव रहेका थिए भने विशिष्ट अथितीमा वन तथा वातावरण मन्त्रालयका सचिब डा. पेम नारायाण कंडेल लगाएत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
उद्घाटनको क्रममा मन्त्री यादवले मध्यवर्ती क्षेत्र भित्र बसोबास गर्दै आएका स्थानिय र वन्यजन्तु बीचको द्वन्द तथा राष्ट्रिय निकुञ्ज बाट निस्केका जंगली जनावरबाट हुने हानि नोक्सानीको समस्या समाधानका लागि आफू स्थलगत अनुगमन तथा निरीक्षणका लागि बर्दिया आएको र यसको दीर्घकालीन समाधानका लागि उचित कार्य गर्ने बताएका थिए। मन्त्री यादव द्वारा निकुञ्ज, खाता जैविक मार्ग लगाएत क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरी निकुञ्जको भए गरेका राम्रा कामको प्रसंसा गरेका थिए भने आवश्यक निर्देशन समेत दिएका थिए।
यसै बीच बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काएको ३ वटा पोथी घडियाल गोहीलाई मन्त्री यादव, सचिव कँडेल र निर्देशक कँडेलले निकुञ्जको परेवा ओढार स्थित बबई नदीको प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रमा उपस्थित अतिथिहरुलाई निकुञ्जको वस्तुस्थिति एंव भए गरेका सम्पूर्ण कार्यहरूको बारेमा विस्तृतमा जानकारी दिँदै निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले स्वागत गरेका थिए।

हरिवंश पाण्डे । २०७८ कार्तिक ७, आईतवार