विगत ६ महिनादेखि रोकिएको सवारी चालक अनुमतिपत्र लाइसेन्सको नयाँ आवेदन यही सातादेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले यही सातादेखि नयाँ आवेदन खुलाउने तयारी गरेको हो । विभागका प्रवक्ता लोकनाथ भुसालले यो साताभित्र लाइसेन्सको नयाँ आवेदन खोल्ने बताए ।
प्रवक्ता लोकनाथका अनुसार सकेसम्म अबको एक÷दुई दिनमा आवेदन खुल्छ यदि एक दुई दिनमा नभएमा पनि शुक्रबारसम्ममा खुल्छ ।कोरोना भाइरस महामारीका कारण वैशाख १५ गतेदेखि गरिएको निषेधाज्ञाका कारण लाइसेन्सको आवेदन खुलेको छैन ।
निषेधाज्ञा अगाडी झण्डै ७ लाखले दिएको आवेदन सकेर मात्रै नयाँ आवेदन खोल्ने विभागले बताउँदै आएको थियो । तर, चौतर्फीरुपममा विरोध भएपछि पुरानो आवेदनको ट्रायल प्रयोगात्मक परीक्षा नसकि नयाँ आवेदन खोल्न लागेको हो ।
नेपालीरैबार । २०७८ कार्तिक ७, आईतवार