फेसबुकले २०२१ को तेस्रो त्रैमासमा ९ अर्ब डलर मुनाफा आर्जन गरेको छ। फेसबुकले तेस्रो त्रेमा [जुलाई–सेप्टेम्बर] मा ९ अर्ब डलर नाफा कमाउन सफल भएको हो । जब गत वर्ष सो अवधिमा फेसबुकले ७.८ अर्ब डलरमात्र मुनाफा आर्जन गरेको थियो।
फेसबुकका अनुसार पछिल्लो एक वर्षको अवधिमा मासिक युजर्कको संख्या ६ प्रतिशतले बढेर २ अर्ब ९१ करोड पुगेको छ। त्यसो त एप्पलको गोपनीयतासम्बन्धी नियामका कारण फेसबुकको विज्ञापनबाट हुने कमाइ भने घटेको छ।
जसका कारण राम्रो मुनाफाका बाबजुद फेसबुकको आम्दानीमा असर परेको छ।
नेपालीरैबार । २०७८ कार्तिक ९, मंगलवार