खतरनाक मानिएको क्षुद्रग्रह पृथ्वीतर्फ आउँदै

काठमाडौँ । ३ सय ३० मिटर लामो एक क्षुद्रग्रह डिसेम्बरको सुरुतिर पृथ्वी नजिक आउने नासाले जनाएको छ । ४६६० नेरियस ९द्धटटण् ल्भचभगक० नाम दिइएको यो क्षुद्रग्रह फ्रान्सको आइफल टावर भन्दा पनि ठुलो छ भने, यसको आकार अण्डाकार रहेको छ ।

यो क्षुद्रग्रह डिसेम्बर ११ मा पृथ्वीदेखि ३ करोड ९० लाख किलोमिटरको दुरीबाट ६।५८ किलोमिटर प्रतिसेकेन्डको गतिले पास हुने भएको हुने नासाले जनाएको छ । यो क्षुद्रग्रहको दुरी तुलना गर्दा चन्द्रमा पृथ्वीभन्दा ३ लाख ८४ हजार ४०० किलोमिटरको दुरीमा रहेको छ ।

यद्यपि, यो सम्भावित खतरापूर्ण क्षुद्रग्रहका रूपमा रहेको छ । तर, अहिले पृथ्वीलाई कुनै क्षति नगर्ने वैज्ञानिकहरूले बताएका छन् । यो क्षुद्रग्रह सन् २०६० को फेब्रुअरीमा पृथ्वीदेखि १ करोड २० किलोमिटरको दुरीसम्म आइपुग्ने अनुमान वैज्ञानिकहरूले गरेका छन् ।

यो क्षुद्रग्रहको निरपेक्ष परिमाण र न्यूनतम कक्षा प्रतिच्छेदन दूरीका कारणले यसलाई पृथ्वीका लागि जोखिमपूर्ण क्षुद्रग्रहको सूचिमा राखिएको हो ।

तपाईको प्रतिक्रिया