दैलेखमा काँग्रेस अधिवेशन : एक क्षेत्रमा संस्थापन, दुईमा पौडेल पक्ष विजयी

दैलेख । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार दैलेखका प्रदेश निर्वाचन क्षेत्रमा भएको निर्वाचनको ३ वटा क्षेत्रको परिणम सार्वजनीक भएको छ । जिल्लामा रहेका ४ वटै प्रदेश निर्वाचन क्षेत्रमा शुक्रबार मतादान भएको थियो, जसमध्ये ३ वटा क्षेत्रको अन्तीम परिणम सार्वजनीक भएको र एक क्षेत्रमा भने आन्तरिक विवादका कारण मतगणना हुन ढिलाई हुदा परिणम आउन बाँकी रहेको नेपाली कांग्रेस श्रोतले जनाएको छ ।

दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार दैलेखेका तीन क्षेत्रको परिणाम सार्वजनिक भएको छ । सार्वजनिक परिणाम अनुसार तीनमध्ये एक क्षेत्रमा सभापति शेरबहादुर देउवा पक्ष र दुई क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका प्रतिनिधि विजयी भएका छन् ।

दैलेख निर्वाचन क्षेत्र नम्बर एकका दुवै प्रदेश निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि सहित पौडेल पक्ष विजयी बनेको छ । निर्वाचन क्षेत्र नम्बर १ (क) मा बखत बहादुर सापकोटाको प्यानल नै विजयी बनेको छ भने निर्वाचन क्षेत्र नम्बर १ (ख) मा नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरको प्यानल सहित निर्वाचित भएको छ । यस्तै निर्वाचन क्षेत्र नम्बर २ (क) मा टंक रिमालको प्यानल नै विजयी बनेको छ । आन्तरिक विवादका कारण निर्वाचन क्षेत्र नम्बर २ (ख) मा भने शनीबार बिहानबाट मात्रै मत गणना गर्ने कार्य सुरु गर्ने निर्वाचन मण्डलले जनाएको छ ।

तपाईको प्रतिक्रिया