यी हुन् एमालेका सर्वसम्मत अध्यक्ष चयन भएका जिल्ला (विवरणसहित)

काठमाडौं। नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत २२ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। शुक्रबार ६१ जिल्लाको अधिवेशन उद्घाटन भएकोमा आज बिहानसम्ममा २२ जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ। बाँकी जिल्लामा पनि सहमतिको प्रयास भइरहेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनका अनुसार सहमति नभएका ठाउँमा आजबाट निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)

प्रदेश १

१. झापा- दीपक कार्की

२. मोरङ- ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

प्रदेश २

१. सप्तरी- ताराकान्त चौधरी

वागमती

१. धादिङ- भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु

३. भक्तपुर- बचन देउजा

४. रसुवा- कर्णेल तामाङ

गण्डकी

१. गोरखा- प्रेम गुरुङ

२. तनहु- श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१. पाल्पा- धनेन्द्रराज घिमिरे

२. गुल्मी- बालकृष्ण काउछा मगर

३. अर्घाखाची- पिताम्बर भुसाल

४. बाँके- किस्मत कुमार कक्षपती

५. बर्दिया- लालबहादुर श्रेष्ठ

६. दाङ- हुकुमबहादुर बस्नेत

७. रुपन्देही- तेजेन्द्र केसी

कर्णाली

१. डोल्पा- शेरबहादुर बुढा

२. सल्यान- गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष– जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष उमेश ढकाल

तपाईको प्रतिक्रिया