मोटरसाईकल लिएर हराएका व्यक्तिको २४ दिनपछि शव फेला

सुर्खेत । सुर्खेत जान्छु भनेर हिडेका एक व्यक्तिको हराएको २४ औं दिनमा शव फेला परेको छ । गत मंसिर १४ गतेबाट दुल्लुबाट सुर्खेत हिडको ३६ वर्षीय उपेन्द्रमान श्रेष्ठको शव आज फेला परेको हो । श्रेष्ठ दुल्लु नगरपालिका–७ का स्थायी बासिन्दा हुन् । श्रेष्ठको शव तल्लाेडुंगेश्वर-सियाकाेट सडक खण्डकाे गुराँस गाउँपालिका–२ जकत्रे खोलामा सडकबाट अन्दाजी दुईसय मिटर तल शव फेला परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी र आफन्तले खोजविन गर्ने क्रममा आज विहान उनको शव फेला परेको हो । श्रेष्ठको शव नजिकै कर्णाली प्रदेश ०२ प ६६५८ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धानको लागि प्रहरी चौकी तल्लोडुंगेश्वरबाट थप टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया