ईगरव्रिजको होस्टेलमा आगलागी, तीन लाखको क्षती

सुर्खेत । वीरेन्द्रनगरमा रहेको ईगरव्रिज बोडिङ्ग स्कुलको होस्टेलमा आगलागी भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० मा रहेको ईगरव्रिजको भुइँ तलामा रहेको होस्टेलको भान्सा कोठामा आज विहान आगलागी भएको हो । आगलागीबाट स्टोरमा रहेको खाद्यान्न, भाडा र फर्निचरमा झण्डै तीन लाख दुई हजार बराबरको क्षती भएको सुर्खेत प्रहरीले जनाएको छ ।

होस्टेलको भान्सा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाईटर बाल्ने क्रममा आगलागी भएको खुलेको छ । मानबीय क्षति भने भएको छैन् । प्रहरी ,स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । यता, हुम्लाको खार्पुनाथ गाँउपालिका–१ प्युस बस्ने सुरज शाहीको घरमा आगलागी भएको छ ।

ढुङगा माटो र काठले बनेको कच्चि घरमा चुलोबाट सल्किएको आगो तल गोठमा खस्दा घरमा आगोलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको भनाई छ । आगलागीबाट घरको २ कोठामा क्षती पुगेको छ । साथै, गोठमा रहेका एक गाई र सात घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया