शान्ति स्थापनार्थ लेवनान खटिएकाे नेपाली सेना सर्वोत्कृष्ट

सुर्खेत । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानमा रहेको नेपाली सेनाको बर्दबहादुर गण सर्वोत्कृष्ट भएको छ । लेबनानमा खटिएका १० राष्ट्रका सेनाहरुमध्य नेपालबाट शान्ति स्थापनार्थ गएको नेपाली सेनाको ६२ औं डफ्फा सर्वोत्कृष्ट भएको हो ।


नेपाली सेनाले आफ्नो ईलाकामा उत्कृष्ट कार्य गरेको भन्दै युएनआईफीईल हेड अफ मिसन फोर्स कमाण्डर मेजर जनरल स्टेफेनो डेल कोलले फोर्स हेडक्वाटर नाकुरामा गणपतिलाई उत्कृष्टताको प्रतिक तथा प्रशंसा–पत्र प्रदान गरेका छन् । लेबनानका आठ ओटा नगरपालिकाको सुरक्षा जिम्मेवारी पाएको नेपाली सेनाले कोभिड रोकथामका लागि किट तथा विद्यालयमा शैक्षिक सामग्री वितरण, वृक्षारोपण, ऐतिहासिक किल्लाको संरक्षण र सम्वर्द्धन गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

‘यो क्रममा सेनाले डेण्टल सेवा, महिला स्वास्थ्य सम्बन्धी सचेतना फैलाएको थियो,’ निर्देशनालयले जारी विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिका क्षेत्रका सार्वजनिक पार्क तथा बगैँचाहरुको मर्मत सम्भार र ब्लिदा नगरपालिकामा सेनाले हालसम्मकै ठूलो लगानीमा कृषि पोखरी तथा सार्वजनिक बगैँचा समेत निर्माण गरेको छ ।’

लेवनान र ईजरायलको सीमा क्षेत्रमा गरिने जैतुन खेतीको बाली भित्र्याउँदा हुने हिंसात्मक घटना रोक्नमा सेना सफल भएको पनि विज्ञप्तीमा भनिएको छ । सबैको समन्वय र सहकार्यमा जैतुन बाली भित्र्याउने क्रममा कुनै अप्रिय घटना नभएको र शान्तिपूर्ण सेनाले काम गरेको थियो ।

तपाईको प्रतिक्रिया