कर्णालीमा सत्ता गठबन्धनमै असन्तुष्टी, तीन महिना पुग्नै लाग्दा सरकार विस्तार नहुनु पनि कीर्तिमान हाे : विष्ट

सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री परिषद् विस्तार अझै गर्न सकेका छैनन् । गठबन्धनमा सहमति नहुँदा मन्त्री परिषद्ले पूर्णता नपाएकाे चर्चा भइरहँदा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले खुलेरै आलोचना गरेकाे छन् ।

सरकार विस्तार गर्न नसकेकोमा विष्टले कर्तिमानी कायम कायम गरेकाे अभिव्यक्ति दिएका छन् । आजदेखि शुरू भएकाे कर्णाली प्रदेश सभाकाे हिउँदे अधिवशेनमा बाेल्दै विष्टले भने, ‘गबन्धनमाथि केन्द्रीय प्रश्न उठेकाे छ, हामीले पहिले प्रदेशको नामाकरण गर्‍यौं, राजधानी तोक्यौं, लाेकतान्त्रिक नमूनामा पनि कीर्तिमानि गर्याैं, नयाँ सरकार गठन भएकाे तीन महिना पुग्नै लाग्दा पनि सरकारलाई पूर्णता दिन सकिएको छैन । यो पनि देशभरमै रकेर्ड भएकाले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाऔं ।’

माओवादी केन्द्रले चार मन्त्रालय मागिरहेको सन्दर्भमा उनले दिएको आजको अभिव्यक्तिले सत्तारुढ गठबन्धनभित्रको चरम असन्तुष्टिको पुष्टि गरेको छ । ‘यहाँ नोकरशाही तन्त्र हाबी भएको छ । सरकारले पूर्णता पाउन सकेको छैन । सरकारका प्रमुख मन्त्री परिषदलाई पूर्णता दिन तात्नुपर्छ । अहिले सरकार परिवारजस्तै भएको छ । यसलाई सरकारको रूपमा विस्तार गरेर जनतालाई विकास निर्माण तथा अन्य सरोकारवाला कामका बारेमा विश्वस्त तुल्याउन सक्नुपर्छ,’ सचेतक विष्टले भने, ‘यदि म मुख्यमन्त्री हुन्थेँ भने सके सरकारलाई पूर्णता दिइसक्थेँ नसके म मार्ग प्रशस्त गरिदिन्थेँ ।’ महिनौंसम्म मन्त्रिपरिषद् विस्तार नभएका कारण व्यवस्थामाथि नै प्रश्न उठेको भन्दै विष्टले तत्काल एक्सन लिन मुख्यमन्त्री शाहीलाई सुझाए । कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसको गठबन्धन सरकार छ ।

तपाईको प्रतिक्रिया