एक नाले भरूवा बन्दुकसहित शाही पक्राउ

सुर्खेत । एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय नौमुले दैलेखको टोलीले नौमुले गाउँपालिका–१ धनिगाउँका नविन शाही पक्राउ परेका हुन् । घरमा बन्दुक लुकाइ राखेका छन भन्ने विशेष सूचनाका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयकाअनुसार शाहीको घरमा खोजतलास गर्दा लुकाएर राखेको भरुवा बन्दुक फेला परेको छ । प्रहरीले शाहीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया