बाजुरा जाँदै गरेकाे ट्रक कालिकाेटमा दुर्घटना

सुर्खेत । चामल र तेल लिएर बाजुरा जाँदै गरेकाे ट्रक दुर्घटनामा परेकाे छ । कालिकाेटकाे शुभकालिका-१ कर्णाली करिडाेरकाे पुल नजिकै नेपालगञ्जबाट बाजुरा जाँदै गरकाे ट्रक दुर्घटनामा परेकाे हाे । ना ८ ख ९०४२ नम्बरको ट्रक ओरालोमा ब्रेक नलागी रोडदेखि अन्दाजी ५० मिटर तल खसेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । 

ट्रकमा रहेको २०० बोरा चामल, ५० कार्टुन तेल क्षती भएको र गाडीको अगाडिको भाग कुच्चिएको कार्यालयले जनाएकाे छ । ट्रकमा चालक,सह-चालक र सवारी धनी रहेकोमा उनीहरू सकुशल रहेकाे र घटनाबारे थप अनुसन्धान गर्न अस्थाई प्रहरी पोष्ट हुल्मबाट चार जनाकाे टाेली घटनानस्थलमा पुगेकाे छ ।

तपाईको प्रतिक्रिया