साथीसँग घुम्न हिडेकि १६ वर्षीया किशोरी बलात्कूत

सुर्खेत। नेपालगन्ज – १२ स्थित नन्दनीमिलकी १६ वर्षीया किशोरी शुक्रबार साथीहरुसँग घुम्न निस्कन्छिन्। घुम्न गएका उनीसहित साथीहरु खजुरा गाउँपालिकाको गाउँमा रहेको पुलचोकमा तस्बिर खिचाउँदै रमाइलो गर्छन् । करिब साँझको ५ बजिसकेको थियो । फिल्मी शैलीमा त्यही रमाइलो वातावरणमा ‘भिलेन’ को रोलजस्तै गरी एउटा समूह आउँछ र कुटपिटमा 6 उत्रिन्छन् ।

उक्त समूहले तस्बिर खिचाइ रहेकाहरुलाई कुटपिट मात्र गरेन, १६ वर्षीया ति किशोरीलाई पनि लछारपछार पार्दै मोटरसाइकलमा राखेर लग्यो । प्रहरीका अनुसार कुटपिटमा उत्रिएका खजुरा गाउँपालिका-१. सैनिक गाउँका हरिश सुनारले ति किशोरीलाई जबरजस्ती करणीसमेत गरेका छन् ।

हरिशसँगै सुशान्न सुनार, सुमित गाहा मगर, नविन थापा, नेप्टे भन्ने व्यक्तिले मोटरसाइकलमा आएर कुटपिट गरेका जिल्ला प्रहरी कार्यालय बाँकका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेले बताए। उनका अनुसार ति किशोरी आबिद खान, सुरज बर्मा, कृष्णसिंह ठकुरीसँग घुम्न गएकी थिइन् ।

‘हरिशले भे १० प ८६३ नम्बरको मोटरसाइकलमा बसालेर किशोरीलाई लगेको भन्ने किशोरीले बताएकी छिन्,’ उनले भने, ‘हामीलाई. ति किशोरीलाई हरिशकै घरको कोठाबाट उद्धार गरेका छौं ।’ ति किशोरीले प्रहरीलाई दिएको वयानअनुसार हरिशले जंगल र – कोठामा गरी दुईपटक जबरजस्ती बलात्कार गरेका थिए । प्रहरीले अहिले ति केटाहरुलाई पक्राउ गरेको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया