स्थानीयकाे सहयाेगविना विकास सम्भव छैन् : वडा सदस्य चाैधरी

सुर्खेत । वडाका विकासका लागि स्थानीयकाे साथविना सम्भव नभएकाे वडा सदस्य सरिता चाैधरीले बताउनु भएकाे छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ काे वडा सदस्य चाैधरीले वडामा आउने बजेटलाई प्रभावकारी कार्यान्वयनका लागि वडावासीको सहयोगविना सम्भव नभएको उल्लेख गर्नुभएको हो ।

अस्ट्रलियन एड र द एसिया फाउण्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रमले नेतृत्वमा महिलाकाे सहभागीतापछि विकास निर्माण र समाज रूपान्तरणमा गरेका याेगदानकाे भिडियाे सामग्रीमा चाैधरीले २ नम्बर वडाकाे एकता र जनमिलन टाेलमा खानेपानीकाे समस्या समाधान गरेकाे उल्लेख गर्नु भएकाे छ । उहाँले मुल संरक्षण र सार्वजनिक जग्गामा तारवार गरेर २५ घरधुरीमा खानेपानी सुविधा पुर्याएकाे पनि बताउनुभयाे ।

नरपालिकाकाे कार्यपालिका सदस्य समेत रहनु भएकाे वडा सदस्य चाैधरीले वडामा ६ कल्भर्ट, पातल दरवारमा मुर्ती संरक्षणका लागि ट्रष्ट तथा रानिघाटमा गाैशाला निर्माणकाे काम भएकाे जानकारी दिनुभयाे । उहाँले उत्तरतर्फबाट वडाहुँदै बाहिरिने खाेलाले कटानकाे क्षती पुर्याउन थालेपछि भुरेली खाेला र निकाशमा पाँच हजार तीन सय मिटर लामाे तटवन्धनकाे काम पनि सम्पन भएकाे बताउनुभयाे ।

अस्ट्रलियन एड र द एसिया फाउण्डेसनको स्थानीय सरकार सबलीकरण कार्यक्रम अन्तरगत चार वर्षको अवधिमा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर २ का वडा सदस्य सरिता चाैधरीले गर्नु भएका कामहरुको भिडियो सामग्री

https://www.facebook.com/100002351419532/videos/1358633104558022/

तपाईको प्रतिक्रिया