नवनियुक्त रक्षा सचिव र प्रधानसेनापतिविच भेट

सुर्खेत । रक्षा मन्त्रालयका नवनियुक्त सचिव करिणराज शर्मा र नेपाली सेनाका प्रधानसेतापति महारथी प्रभुराम शर्माविच भेटघाट भएको छ । सेनाको जंगी अड्डामा नवनियुक्त सचिव शर्मालाई स्वागत कार्यक्रममा दुवै जनाविच भेटघाट भएको हो ।

सचिव शर्मा र प्रधानसेनापति शर्माविच भएको भेटघाटका क्रममा भएका छलफल बारे भने सेनाले केही खुलाएको छैन् । तर नवनियुक्त सचिवलाई जंगी अड्डामा सेनाको वर्तमान बस्तुस्थिति, नेपाली सेनाको संरचना, जिम्मेवारी, अपरेशनल गतिविधिका बारेमा जानकारी गराइएको जन सम्पर्क तथा सूचना निर्देशनालयले जारी विज्ञप्तीमा उल्लेख छ ।

साथै, स्वागत कार्यक्रममा सेनाले सञ्चालन गरिरहेका कल्याणकारी कार्यबारे पनि जानकारी गराइएको छ । कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुलगायत रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरुको उपस्थिति रहेको निर्देशनालयले विज्ञप्तीमा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया