कार्यालयका १९ जनामा कोरोना संक्रमण भएपछि बर्दिया प्रशाशनद्धारा सेवा प्रभाव स्थगित

बर्दिया। जिल्ला प्रशासन कार्यलय बर्दियाका अधिकांश कर्मचारीमा कोरोना संक्रमण भएपछि कार्यालयद्वारा दिइने अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा माघ १५ गते सम्म स्थगित गरेको छ।

कार्यालयमा कार्यरत ३५ जना कर्मचारीको आरडीटी परीक्षण गर्दा सहायक प्रमुख जिल्ला अधिकारी सहित १९ जनाको रिपोर्ट पोजिटिभ आएको हो। उनीहरू सबै जिल्ला प्रशासन कार्यालय भित्रका कर्मचारी र सुरक्षकर्मी हुन।

कोरोना भाइरस तेस्रो भेरियन्ट ओमिक्रोन बढे सगै बर्दियामा सोमबार मात्रै १ सय ४८ जना कोभिड संक्रमित थपिएका र जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ३५ पुगेको स्वास्थ्य कार्यालय बर्दिया जनाएको छ ।

तपाईको प्रतिक्रिया