सम्पत्ति विवरण सार्वजनिक

कर्णालीका कृषि मन्त्री ११ लाख ऋणमा

सुर्खेत। कर्णालीका कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सम्पत्ति विवरण हेर्दा कृषि मन्त्री शाही ऋणमा देखिएका छन् । शाहीसँग मुगुको सोरु गाउँपालिका–१ मा बुबाको नाममा १ रोपनी पुर्ख्यौली र भक्तपुरमा २ ठाउँमा १० लाख मूल्य पर्ने १० आना जग्गा उनकी श्रीमती जालगेडी शाही र सुरेश ब शाहीको नाममा रहेको उल्लेख छ ।

उक्त सम्पत्ति पुरै ऋण गरेर खरिद गरेको उल्लेख छ । पुर्ख्यौली जमिन बुबाकै नाममा मुगुको सोरु गाउँपालिका–१ मा २० रोपनी खेत परेको जग्गा रहेको जग्गा छ भने उनीसँग चल सम्पत्ति पनि न्यून रहेको छ ।

चल सम्पत्तिमा उनको ५ तोला सुन श्रीमतीको नाक, कानका गहना र १ तोला चाँदी पुर्ख्यौली र ३ लाख रकम एनआईसी एसिया बैंकमा तलब भत्ता बापतको मौज्दात रहेको छ । शाहीसँग मौज्दात भन्दा बढीको ऋण रहेको छ । कृषि मन्त्री शाही कार्तिक ३० गते मन्त्रीमा नियुक्त भएका हुन् । उनीमाथि २ जनाको गरी ११ लाख ऋण रहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया