भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज। भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार मधुवन नगरपालिका-६ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १०:३० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा १० माघमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पजिटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो।

यस्तै, कालिकोट शुभकालिका-५ का १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११:१५ बजे मृत्यु भएको छ। ४ माघमा पीसीआर परीक्षण गर्दा कोरोना पजिटिभ देखिएपछि भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।

तपाईको प्रतिक्रिया