कर्णालीमा धेरै जनसंख्या भएको पालिका बन्यो वीरेन्द्रनगर

सुर्खेत । केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भीक विवरण सार्वजनिक गरेसँगै कर्णालीमा सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तहमध्य वीरेन्द्रनगर रहेको छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरको कुल जनसंख्या एक लाख ५४ हजार ८८६ पुगेको हो ।


वीरेन्द्रनगरमा ३१ हजार ८४७ घरधुरी र ३९ हजार ३९१ जना परिवार संख्या रहेको तथ्याङ्क विभागले जनाएको छ । वीरेन्द्रनगरमा ७५ हजार ९२१ पुरुष र ७८ हजार ९६५ जना महिला छन् । कर्णालीका ७९ ओटा पालिकाहरुमध्य सुर्खेतकै गुर्भाकोट नगरपालिकामा ३९ हजार ३९४ जनसंख्या छ ।

यो पालिका जनसंख्याको हिसावले दोस्रो हो । १० हजार ९६० घुरधुरी रहेको गुर्भाकोटमा परिवार संख्या ११ हजार ९२३ छ । यो पालिकामा पुरुषहरुको संख्या २३ हजार १६२ र महिलाको संख्या २६ हजार २३२ छ । कर्णालीमा सवैभन्दा कम जनसंख्या भएको गाउँपालिकामा डोल्पाको छार्का ताङसोङ छ । यो पालिकाको कुल जनसंख्या एक हजार ७१३ छ ।

तपाईको प्रतिक्रिया