दैलेखकाे जनसंख्या घट्याे

दैलेख । दैलेख जिल्लाको जनसङ्ख्या दुई लाख ५३ हजार ३१९ मा झरेकाे छ । बुधबार केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेकाे राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार यहाँको जनसङ्ख्या दुई लाख ५३ हजार ३१९ मा झरेकाे हाे ।

२०६८ सालमा गरिएको जनगणनामा दैलेखको जनसङ्ख्या दुई लाख ६१ हजार ७७० थियो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसारको जनसङ्ख्या २०६८ सालको जनगणना अनुसारको जनसङ्ख्यामा ८ हजार ४५१ कम रहेको छ । प्रारम्भिक नतिजामा दैलेखमा पुरुषको जनसङ्ख्या एक लाख २१ हजार ६७७ छ भने महिलाको जनसङ्ख्या एक लाख ३१ हजार ६४४ छ ।

जिल्लाका ४८ हजार ७७६ घर धुरीमा जनगणना गरिएको तथ्याङ्क विभागले जनाएको छ । जिल्लामा परिवार सङ्ख्या ५५ हजार ७०८ रहेको जनाइएको छ । जिल्लाको लैङ्गिक अनुपात ९२ दशमलव ४३ छ । विभागका अनुसार जनघनत्व १६९ जना प्रति वर्गकिलो मिटर छ । जिल्लामा परिवारको औसत आकार ४.५५ छ । जिल्लामा वार्षिक जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखिएको छ ।

प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लाको वार्षिक जनसङ्ख्या वृद्धिदर माइनस ०.३१ छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा दुल्लु नगरपालिकाको जनसङ्ख्या ३९ हजार ५८२, आठबीस नगरपालिकाको जनसङ्ख्या ३१ हजार ८३९, भगवतीमाई गाउँपालिकाको १८ हजार ३६६, भैरवी गाउँपालिकाको १७ हजार ७८१, चामुण्डाविन्द्रासैनी नगरपालिकाको २६ हजार ५७५, डुङ्गेश्वर गाउँपालिकाको जनसङ्ख्या १४ हजार ५९७ छ । यस्तै गुराँस गाउँपालिकाको २१ हजार २७८, महाबु गाउँपालिकाको १८ हजार ३७, नारायण नगरपालिकाको २५ हजार ८०३, नौमुले गाउँपालिकाको २० हजार ५८९ र ठाँटिकाँध गाउँपालिकाको जनसङ्ख्या १८ हजार ६६६ रहेको छ

तपाईको प्रतिक्रिया