वीरेन्द्रनगरका दुइ युवा लागूऔषधसहित बाँकेमा पक्राउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ६ घर भएका दुई युवालाई लागू औषधसहित बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ घर दुइ जना युवा छन् । उनीहरुलाई बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१६ भन्सार कार्यालय नजिकैबाट पक्राउ गरेको हो ।


भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद रुपमा हिडि रहेका एक जनालाई चेकजाँच गर्दा उनले बोकेको जेब्रा झोलामा लुकाएर राखेको लागू औषध कोरेक्स एक सय मि.लि.का २५ ओटा सीसी फेला परेको बाँके प्रहरीले जनाएको छ ।

प्रारम्भीक बयानका क्रममा लागू औषध नै भन्ने थाहा नभएकाे र सामान झोलामा राख्न साथीले लगाएकाे भनेपछि साथी भनिएका अर्का व्यक्तिलाइ नेपालगञ्जको न्यूरोडबाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । उनकाे साथबाट पनि प्रहरीले ३५ ट्याबलेट नाईट्रोजेपाम जस्तो ट्याबलेट फेला पारेको जनाएको छ ।

बाँके प्रहरीले यहीँ माघ १० गते राझाँ बिमानस्थलबाट कालिकाेट घर भएकी ५० वर्षीय महिलालाइ ३३ ग्राम गाँजासहित पक्राउ गरेकाे थियाे । बुद्ध एयरको उडानमार्फत काठमाण्डौ जान लागेकी तिलागुफा गाउँपालिका-७ स्थायी ठेगाना भएकी कृष्णकला शाही टर्मिनल हलबाट प्रहरीले पक्राउ गरेकाे हाे । डिपार्चरतर्फ जाने क्रममा प्रहरीले चेकजाँच गर्दा नीजले लगाएको सुरुवालको इजार भित्र लुकाएर राखेकाे चरेश बरामद गरेकाे हाे । प्रहरीले यी घटनाबारे थप अनुसन्धान जारी राखेकाे जनाएकाे छ ।

तपाईको प्रतिक्रिया