श्री एयरले थप्याे नयाँ जहाज, अबकाे गन्तव्य सुर्खेत र तुम्लिङटार

सुर्खेत । निजी लगानीको वायु सेवा कम्पनी श्री एयरलाइन्सले थप एक नयाँ जहाज भित्र्याएकाे छ । भारतहुँदै आज शुक्रबार राती नै श्रीले भित्र्याएकाे क्यू ४००-८ विमान काठमाडाैं अवतरण गरिदैँछ । श्रील एक महिनामै नयाँ दाेस्राे जहाज थप गरेकाे हाे । श्री एयरका प्रवन्धक अनिल मानन्धरकाअनुसार नयाँ जहाज ८० सीट क्षमताको हो । क्यानडामा बनेको यो जहाजमा दुई इन्जिन छ । यी दुई जहाजको कलसाइन ९ एन-एएनआर र ९ एन-एएनएस राखिएको छ ।

कम्पनीका अनुसार अब श्रीसँग कुल ८ वटा ठूला जहाज पुगेको छ । श्रीसँग यसअघि नै ड्यास क्यू ४०० जहाज दुई वटा थिए । यसबाहेक सीआजे २०० (५० सिटे) र सीआरजे ७०० (७० सिटे) जहाज दुई/दुई छन् । यसबाहेक कम्पनीसँग ६ वटा एमआइ १७ हेलिकोप्टर र दुई वटा एएस ३५० बी ३ ई हेलिकोप्टर रहेका छन् । थप जहाजबाट श्रीले अब तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा उडान थप गर्ने र साविकका गन्तब्यमा उडान संख्या थप्ने बताएको छ ।

तपाईको प्रतिक्रिया