सम्पादकीय

कोरोनालाई परास्त गर्न सावधानी जरुरी

विश्वलाई नै आक्रान्त पारिरहेको कोरोनाका कारण मानव जातीलाई दुःख दिइरहेको छ । चीनको वुहान शहरबाट फैलिएको पहिलो चरणको कोरोना भाइरस हाल तेस्रो भेरियन्ट अर्थात् ओमक्रोनसम्म आइपुगेको छ । तेस्रो चरणको कोरोनाको संक्रमणसम्म आइपुग्दा मृत्युदर कम भएपनि संक्रमण दर भने तिव्र छ । सबैजसो देशले अहिले आफ्नो गक्षले भ्याएसम्मका सबै स्रोत–साधन परिचालन गरेर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध लडिरहेका छन् । विश्वनै यो संक्रमणविरुद्ध लडिरहँदा समुदायमा भने एक आपसमा हुनुपर्ने एकतामा कमी हुँदै गएको देखिएको छ । कोरोनाको पहिलो र दोस्रो चरणमा जारी लकडाउनले नागरिकहरुमा चिडचिडापन उत्पन्न भयो ।

राज्यको अर्थतन्त्र कोरोनाकै कारण तहसनहस बन्यो । यो पटक पनि कतै लकडाउन जारी हुने त हैन भन्ने आमनागरिकहरुमा चिन्ताको विषय बनेको छ । हुन त, विश्वकै शक्तिशाली राष्ट्र अमेरिका र छिमेकी राष्ट्र भारतमा पनि लकडाउनका त्यतिबेला विरोध पनि भयो । यद्यपि त्यो विरोध कसका लागि भन्ने प्रश्न पनि टड्कारो बनेको थियो । विश्वले तेस्रो चरणको कोरोना भाइरसको सामना गरिरहँदा लकडाउन मात्रै कोरोना भाइरस नियन्त्रणको अन्तिम अस्त्र नभएको भन्दै विभिन्न टिकाटिप्पणि र बहस भइरहेका छन् ।

तर लकडाउन लगाउनु पर्ने बाध्यतामा राज्यलाई पुग्न नदिन हामी सबैले स्वास्थ्य मापदण्डका पालनाहरु भने ईमान्दारिताका साथ कार्यान्वयन गर्न भने जरुरी छ । विगतमा कसैलाई कोरोना संक्रमण भईहाल्यो भने त्यसलाई समाजबाटै बहिस्कार गर्ने, बिरामीको घरमात्र देख्यो भने पनि त्यो रोग आफैंलाई लागेको जस्तो व्यवहार पनि समाजमा देखिन थालेको थियो ।

तेस्रो चरणको कोरोनासँग लडिरहेका नागरिकहरु भने यो पटक संक्रमितहुँदा त्यस्तो नराम्रो नजरबाट हेर्ने गरिएको छैन् । शरिर दुख्ने, घाँटी दुख्ने, औलाहरुको रङ बदलिने तथा टाउको दुख्ने जस्ता लक्षणहरु तेस्रो लहरको कोरोनाका लक्षणहरु रहेका छन् । यदि यस्ता लक्षणहरु आफुमा देखिएमा तथा अरु कसैमा दखिएमा परिक्षणका लागि जाने र जान सल्लाह दिने गरौं । मास्क लगाएर मात्र घर बाहिर निस्कने गरौं । अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कौं । सावधानी अपानाउन सके आफु बाँच्न र अरुलाई पनि बचाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया