भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज। भेरी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको ज्यान गएको छ। मृत्यु हुनेमा बाँके र दाङ दुई जना पुरुष रहेका छन्। नेपालगन्ज उपमहानगरपालिका-८ बाँके निवासी ८६ वर्षीय बृद्धको उपचारका क्रममा बिहीबार बिहान ९ बजे मृत्यु भएको छ। माघ १३ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो। उनी सोही दिनबाट अस्पतालमा उपचाररत थिए।

यस्तै दाङ शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी ८० वर्षीय बृद्धको भेरी अस्पतालमा मृत्यु भएको छ। यही माघ १६ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएपछि बुधबार राती ११:५० बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

तपाईको प्रतिक्रिया