बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

विराटनगर। बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका-५ बाँसबारीबाट १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई बुधबार साँझ पक्राउ गरेको हो।

५३ वर्षीय रामदेव चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। उनले बालिकालाई बुधबार साँझ ५:३० बजेतिर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

ललाइफकाइ घरनजिकको बाँसघारीमा लगेर बलात्कार गरेको खुलेपछि चौधरीलाई प्रहरीले पक्राउ गरेरको हो। इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेर प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

तपाईको प्रतिक्रिया