आजदेखि मौसममा सुधार, घमाइलो हुने

काठमाडौं। आजदेखि मौसममा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ। मौसममा सुधार भएसँगै आज दिन घमाइलो हुने महाशाखाले पूर्वानुमान गरेको छ। केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम प्रभावित भई हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र देशभर पानी परेको थियो। तर, शनिबार दिउँसोदेखि नै मौसममा क्रमिक सुधार हुन थालेको छ।

आजदेखि दुई-तीन दिन मौसम सुधार हुने र बुधबार बिहीबारदेखि फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अर्को प्रणाली नआउँदासम्म बिहान केहीबेर हुस्सु कुहिरो लागे पनि दिउँसो घाम लाग्नेछ। अब अर्को प्रणाली नआएसम्म पानी पर्ने सम्भावना नरहेको समेत महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया