चोरीको मोटरसाइकल सहित युवक पक्राउ

 बर्दिया। जिल्ला प्रहरी कार्यालय बर्दियाले चोरीको मोटरसाइकल सहित युवकलाई नियन्त्रमा लिएको छ। मोटरसाइकल धनी बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वार्ड नम्बर ३ का महेश चौधरीले गत कार्तिक ५ गते राति घरबाटै भे ७ प ६६२५ नम्बरको कालो पलाटिना मोटरसाइकल चोरी भएको भनी खोजतलासका लागि प्रहरी समक्ष निवेदन दिएका थिए।

तत्पश्चात खोजतलासमा रहेको प्रहरीले शुक्रबार बारवर्दिया नगरपालिका वार्ड नम्बर २ बस्ने विशाल थापाले चलाई रहेको भे ४ प ३१२४ नम्बरको कालो रंगको पलाटिना मोटरसाइकल चेकजाज गर्दा चोरी भएको चौधरीको मोटरसाइकल रहेको खुल्न आएको हो । थापाले मोटरसाइकल चोरी गरी आफूखुसी नम्बर परिवर्तन गरी चलाएको प्रहरीले जनाएको छ।

पक्राउ परेका विशाल थापालाई सोधपुछ गर्ने क्रममा मोटसाइकल चोरीमा संलग्न बर्दिया जिल्लाको बारावर्दिया नगरपालिका वार्ड नम्बर ३ बस्ने विक्रम विश्वकर्मा सोही ठाउँ बस्ने सुरेन्द्र विक र सागर परियार सहित थप ३ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक हेम बहादुर शाहीले बताए ।

तपाईको प्रतिक्रिया