सुर्खेतमा भिरबाट खसेर एक महिलाको मृत्यु

सुर्खेत। सुर्खेतमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ । प्रहरी चौकी आग्रिगाँउ सुर्खेतका अनुसार सिम्ता गाउँपालिका ४ सिमलगाँउ बस्ने  बर्ष ३८ की राधिका नेपालीको भिरबाट खसेर मृत्यु भएको थियाे ।

मंगलबार बिहान १० बजे छोरीसँग लक्ष्मी सामुदायिक बनमा घाँस काट्न गएकी राधिका दिउसो करिब साढे १ बजेतिर भिरबाट खसेर मृत्यु भएको थियाे ।

भिरबाट झण्डै एक सय ५० मिटर तल खसी उनको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ खटिएकाे जनाइएकाे छ।

तपाईको प्रतिक्रिया