प्रदेश रंगशालाको मन्त्री बुढाक्षेत्रीले गरे निरिक्षण

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश रंगशालाको निरिक्षण गरेका छन् । आइतबार सामाजिक विकास मन्त्रीमा नियुक्त भएका बुढाक्षेत्रीले प्रदेश रंगशाला तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

उनले यो आयोजना प्रदेशकै गौरवको आयोजना भएका र समयमा निर्माण कार्य सम्पन्न भए राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलहरु कर्णालीमा आयोजना गर्न सकिने बताए । ‘यो रंगशालाको कामलाई तोकिएको समयसिमाभित्र सक्नुहोला, यो आयोजना हाम्रो प्रदेशको आयोजनासँगै यहाँको खेलकुद विकासको महत्वपुर्ण अंग पनि हो,’मन्त्री बुढाक्षेत्रीले निर्माण कम्पनीका प्रतिनिधिसँग भने, ‘काम गर्दा के सहयोग चाहिन्छ । त्यसमा हाम्रो मन्त्रालयबाट कुनै कसर बाँकी रहने छैन ।’

अहिले कर्णाली सरकारले प्रदेश रंगशालालाई ‘प्रदेश गौरवको योजना’का रुपमा समावेश गरेको छ । मंसिर २२ गते शिलान्यास गरिएको रंगशालाको निर्माणकार्य धमाधम भइरहेको छ । १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँको यो योजना २४ महिनामा सम्पन्न गर्ने लक्ष्य छ । निरिक्षण कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री, कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव विश्वमित्र सञ्जेल लगायत

तपाईको प्रतिक्रिया